बारा/ ट्रकको ठक्करबाट बारामा एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएका थियो ।
ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देवेन्द्र बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेको प्रहरी जानकारी दिएको छ । ठक्कर दिने ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।
