आनीको ६ वर्षपछि पुन सांगीतिक कन्सर्ट हुने

काठमाडौं/ चर्चित गायिका आनी छोइङ डोल्माले ६ वर्षपछि पुन सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । ‘फूलको आँखा फुलै संसार गित बाट चर्चित बनेकी आनीले ६ वर्षपछि पुन सांगीतिक क्षेत्रलाई ब्यँुताउन प्रयास गर्ने भएकी छिन् ।

‘हिल द अर्थ’ नाम दिइएको कन्सर्ट यही जुन २५ अर्थात असाढ ११ गते साढे चार बजे देखि जावलाखेलमा रहेको सेन्ट मेरीज स्कुलमा आयोजना हुने राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जानाकारी दिईन् ।

मनोज सिंह नेवा (नेपालबाट पहिलो ग्रामी मनोनीत), सञ्जय श्रेष्ठ –१९७४ एडी,गोपाल रसाइली, प्रज्वल लामा र एल.बोनी चक्रवर्ती लगायत पनि कन्सर्टको टिममा रहने छन् । आनी भन्छिन्, ‘हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौं । हामी सबैलाई आन्तरिक उपचार चाहिएको छ ।

यस विशेष कार्यक्रम मार्फत् हामीले यो सन्देश पठाउने लक्ष्य राखेका छौं कि आशा र दयाले हामीलाई हाम्रो भित्री आत्मासँग पुनः जोड्न मद्दत गर्नेछ । आफूले यो कन्सर्ट गरेर कमाउन भन्दा पनि यस बाट उठेको रकले दिनदुःखीका लागि सहयोग गर्ने उनले बताईन् ।

कन्सर्टको आम्दानी आनीको फाउन्डेसन मार्फत आगलागी बाट घाइते भएकाहरुको उपचारमा सहयोग गरिने बताइएको छ । खासै धेरै सांगीतिक कार्यक्रमहरुमा नदेखिने आनीले ६ वर्ष पछि गर्न लागेको यो कार्यक्रमलाइ निकै महत्वपूर्ण रुपमाका साथ हेरिएको छ ।

’कन्सर्टको प्रायोजकमा सानिमा बैंक, ब्रिटिश कलेज, इसेवा, फोन पे, काठमाडौं ज्याज कन्जर्वेटरी, सेन्ट मेरीज स्कूल, द हिमालयन लगायत छन् । असार ११ गते हुने आनीको कन्सर्टका लागि अनलाइन टिकट इसेवाबाट काट्न मिल्नेछ ।

कार्येक्रममा आनीले नया पुराना गरि ४÷५ वटा गित र मन्त्र प्रस्तुत गर्ने छिन । कन्सर्टको संयोजन भने चर्चित गितारबाधक मनोज केसीले गर्ने भएका छन् ।

एक पटक पढ्नुहोस