After header

चलचित्र पत्रकार संघका महासचिवले दिएको राजीनामा स्वीकृत

काठमाडौ/ ंयौन दुर्व्यवहारको आरोप लागेको चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले राजीनामा दिएका छन् ।

यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा दिएको चलचित्र पत्रकार संघले जनाएको छ । ६ वर्ष अघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप उनी माथि छ ।

संघका अध्यक्ष दिनेश सिटौलाले एक विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएका छन् । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको उनले बताए ।

एक पटक पढ्नुहोस