After header

नेपाल प्रहरीको प्रवक्तामा डिआईजी राई तोकिए

काठमाडौ/  नेपाल प्रहरीको प्रवक्तामा टेक राईलाई जिम्मेवारी दिएको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई आईजीपी धिरज प्रताप सिंहले बिहिबार प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।

एक पटक पढ्नुहोस