बाजुरा/ बाजुराको बुढीगंगा नगरपालिकामा गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि रोकिएको निर्वाचन बिहीबार सम्पन्न भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको सो नगरपालिकाको आज शुक्रबार मतगणना सुरु हुदै छ ।
मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।
