After header

तामाङ समाज अमेरिकाको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

कार्यसमितिले पायो पुर्णता

अमेरिका/  तामाङ सोसाइटी अफ अमेरिकाको २०२२ देखि २०२५ सम्मको कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम हिजो सनिवार सम्पन्न भएको छ ।

क्वालिफोनियाको क्ब्ल् ँच्ब्ल्ऋक्ष्क्ऋ मा सम्पन्न गरिएको दोश्रो महाधिवेशन बाट निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम शनिवार जुम आइडि बाट विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा समापन गरिएको हो । यसअघि महाधिवेशनबाट अध्यक्ष लगायत अन्य ५ पदहरु क्रमशः उपाध्यक्ष–२, महासचिव–१, कोष अध्यक्ष–१, सचिव – १ गरि ६ जना पदाधिकारी र सदस्यहरु निर्वाचित भएका थिए । ६ जना पदाधिकारीहरु मध्य अध्यक्षको सपथ ग्रहण भैसकेको भए पनि विशेष कारणवश अन्य ५ जना पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण हुन सकेको थिएन ।

शनिवार तामाङ सोसाइटी अफ अमेरिकाको रिक्त रहेको पदाधिकारी र सदस्यहरूलाई सपथ ग्रहण गराइ औपचारिक रूपमा कार्यसमितिलाई पुर्णता दिइएको हो । सपथ ग्रहण कार्यक्रममा उपस्थित अमेरिकाको विभिन्न राज्यहरुको तामाङ संघ संस्थाका अध्यक्षहरु,गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष वीर लामा र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको दोश्रो महाधिवेशन पुर्ब निर्वाचन समितीका सदस्य राजेन्द्र लामा लगायतको रोहवरमा अध्यक्ष मनमोहन वाइबाले निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण गराइ कार्यसमितिलाइ पुर्णता दिइएको हो ।

यसअघि क्ब्ल् ँच्ब्ल्ऋक्ष्क्ऋइ मा सम्पन्न महाधिवेशनबाट चयन भइ सपथ ग्रहण संगै औपचारिक रूपमा पुर्णता पाएको तामाङ समाज अमेरिकाको अध्यक्षमा मन मोहन वाइबा ( मोहन ) वरिष्ठ उपाध्यक्षमा टेक लामा, उपाध्यक्षहरुमा जैन्द्र लामा,डिम्पल लामा र अनु लामाले जिम्मेवारी पाएको हो । महासचिवमा बिष्णु तामाङ र सचिवमा रमेश योन्जनले जिम्मेवारी पाउँदा कोष अध्यक्षको जिम्मेवारी बिजय लामा र सह–कोष अध्यक्षको जिम्मेवारी बिनोद घिसिङले पाएका छन ।

त्यस्तै सदस्यहरुमा क्रमशः साङ डुपा लामा,ज्ञानेन्द्र घलान,अनिल लामा, दावा लामा, सोभा लामा , अमृता लामा र भुशेन लामाले जिम्मेवारी पाउँदा मिडिया को– अर्डिनेटरको जिम्मेवारी भने पत्रकार राजकुमार गोलेले पाएको तामाङ सोसाइटी अफ अमेरिकाका नव निर्वाचित सचिव रमेश योन्जनले जानकारी दिए ।

एक पटक पढ्नुहोस