काठमाडौं/ मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमको बिचमा प्रमाण पत्र वितरण गरेको छ ।
करिब दुइ दशक देखि सौन्दर्य क्षेत्रमा सक्रिय गीता गिरि र उनको संस्था मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरले शनिबार काठमान्डूको राष्ट्रिय नाच घरमा आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
मायाजले देशभर र देश बाहिर समेत बिभिन्न समयमा चलाएको ट्रेनिंगमा सहभागी करिब २ सय प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको हो । कार्यक्रममा मायाजकी सञ्चालिका गिरीले यस्ता खालका ट्रनिगले गर्दा भोलिका दिनमा सौन्दर्यका लागि राम्रो हुने बताईन् । जुन पेशा र काम गर्दा पनि अनुभव लिन तालिमको आवश्यक रहेको समेत उनले बताईन् ।
मेकअप ,हेयर ,नेल आर्ट ,ब्राइडल लगाएतका धेरै विधामा बेसिक देखि एडभान्स सम्मका कोर्स गरेका प्रशिक्षार्थीहरुले कार्यक्रममा आफ्ना प्रस्तुतिहरु समेत देखाएका थिए । जसमध्ये ब्राइडल कोर्स गर्ने हरुले ब्राइडल फेसन शो समेत गरेका थिए । मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरको सुर्यबिनायक,बानेश्वर र कलंकीमा शाखाहरु रहेका छन् ।