After header

बैठकमा कुटाकुट हुदाँ केही घाईते

काठमाडौं/ राप्रपा महिला संघको पार्टी कार्यालय धुम्बाराहीमा बैठकमा कुटाकुट हुदाँ केही घाईते भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा उनीहरु बिच कुटाकुट भएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै राप्रपा महिला संघको अध्यक्षमा अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । त्यही विषयलाई लिए आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङ लगायतको समुहले विरोध गरेका हुन् । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हो । हानाहानको क्रममा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक केन्द्रीय सदस्यर्ले जानकारी दिए ।

बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ । बैठकमा दुई पक्षबीच झडप भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए । बैठकमा कुटाकुट र टेवल कुर्सी तोडफोड गरेको देखेर अब भोलिका दिनमा यसलाई कसरी सवधान गर्ने भन्दै बैठक बाट मिलाउने अध्यक्ष लिङ्देन जानकारी दिएका थिए ।

एक पटक पढ्नुहोस