After header

बञ्चरो प्रहार गरेर छोराले गरे बुबाको हत्या

धनगढी / बञ्चोरो प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका– ५ सेराका २२ वर्षीय छोरा लोकराज जोशीले आज बिहानै बञ्चोरो प्रहार गरि बाबुको हत्या गरेका छन् । किन र केका कारणले बाबुलाई बञ्चोरो हानेर हत्या गरे भन्ने केही थाहा नभएको र छोरालाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर बुबा ७० वर्षीय अन्तराम जोशीलाई बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । यसका विषयमा थप अनुशन्धान भईरहेको प्रहरी जनाएको छ ।

एक पटक पढ्नुहोस