After header

गृहमन्त्री खाण र प्रचण्ड बिच भेटवार्ता

काठमाडौं / नेपाली काग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिच प्रचण्ड निवासमा खुमलटारमा भेटवार्ता भएको छ । स्थानिय निर्वाचन सम्पन्न भएको मितिले ६ महिना भित्रमा प्रदेश र सघीय निर्वाचन गर्न पनि भएकाले निर्वाचन सम्बन्धी समसामयिक विषयमा छलफल गरिएको बुझिएको छ ।

नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणा लगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् । देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए ।

तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए ।

 

एक पटक पढ्नुहोस