After header

पनौती नगर प्रमुखले आफ्नो प्रतिवद्धता पूरा गदै

पनौती/  पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले आफूले कार्यभार सम्हाल्दै गर्दा नगरका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय कार्यन्वयन शुरु गरेका छन् । उनले पनौती नगर भित्र रहेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण निर्णय सगै नगरपालिकाको विभिन्न वडाका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गएिको छ ।

उक्त निर्णयको कार्यान्वयन गर्दै नगरपालिकाको विभिन्न वडाका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सनाले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रका ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अहिले नगरको वडा नं १, ७ र १२ का जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण भइरहेको र बाँकी वडाका जेष्ठ नागरिकको पनि क्रमशः स्वास्थ्य परीक्षण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिमिल्सनाका अनुसार नगरका जेष्ठ नागरिकको निःशुल्क ब्लड प्रेसर, सुगर, ल्याब टेस्ट गरिएको छ ।

नगर प्रमुख भण्डारीले स्वास्थ्य, शिक्षा बाट कोही पनि बञ्चित हुनुनपरो भन्दै आफूले बोलेको कुरा जनताका अगाडि पूरा गर्ने समेत प्रतिवद्धता जनाए ।

एक पटक पढ्नुहोस