- पबित्रा मगर
आज त घरमा आमाको छुट्टै रौनक छ,
छोराको दाइजोले नै मुहारमा चमक छ।
मालिक ! पराल ओढ्न दिनुस् अलिकति,
छ न त संविधानमा समानताको हक छ।
घरको धुरी बेची सुन लगाएकी हुन् उनले,
यो समाज नै बेकारमा तडक र भडक छ ।
साहुको बारी जोतेर बुवाले हामी हुँर्कियौं,
र त जीवन उहाँको प्रेरक अनि सार्थक छ ।
फोहोरको थुप्रो भित्र भेट्टाएर लाएकी हुँ,
दाहिने र देब्रे चप्पल नै फरक, फरक छ।
