After header

कविता – प्रिय अतीत

  • बाबुराम श्रेष्ठ
अचानक हावाको झोक्काले ल्याइदिएको
 फूलको बास्ना जस्तै-
 यादहरु गडेर आउँछ स्मृतिमा-
 प्रिय अतीत !

 

तिमिले त चटक्कै बिर्सियौ होला
तर मसँग ताजै छ
हाम्रो आँखाका भाका र हाँसोहरु
देखिन्छ यतै कतै
तिमीले छाडेर गएका पाइतालाका डोब
हरदम आइरहन्छ तिम्रो सुगन्धित बास्ना
मोहित पारिरहन्छ मौन उदासी रातमा
प्रिय अतीत !

 

यत्तिबेला
प्रेमको सागर उर्लिएको छ
पगाल
तिम्रो बरफका मन
गरौला स्पर्श शब्दका नीरब कोलाहलले
फर्कौला पहिलेकै समयमा
एकै छिन भएपनि हराउन चाहन्छु तिमीमा
प्रिय अतीत !

***

(कवि बाबुराम श्रेष्ठको ‘देश स्वप्न’ कविता प्रकाशित छ । उनको कविता संग्रह ‘बूढो समय’ प्रकाशनको तयारीमा रहेको छ ।)

 

 

 

एक पटक पढ्नुहोस