नवदुर्गाको १९ औं साधारण सभा सम्पन्न

सामुदायकको सहकारी बनेर अगाडि बढ्न हुमागाईको आग्रह

पनौती/  नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधरण सभा सँगै नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसका पूर्व सांसद एवं निवर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले उक्त भवन उद्घाटन गरेका छन् ।

भवनको उद्घाटन गदै हुमागाईले सहकारी भनेको सामुदायिक हुनुपर्ने बताए । सहकारीहरु सधै समान्य स्तरका नागरिकको जीवन स्तर उच्च बनाउने प्रयत्नमा लाग्नुपर्ने बताए । अहिले बजारमा चलेको हल्ला जस्तो नभई सामुदायिकका नगरीकले चलाएको सहकारी कहिले नडुब्ने उनले बताए ।

आफ्नो घरका एकाधिकार चलाएका सहकारी मात्रै यतिबेला लोभलाभमा बसेर सहकारीको बदनाम भएको उनले बताए । आज सामान्यन अवस्थाबाट शुरु भएको यस नवदुर्गा बचतले आफ्नै भवन बनाएर कारोबार शुरु गरेकोमा भोलिका दिनमा अझै प्रगति हुनेमा आफु विश्वास लिएको हुमागाईले बताए । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदीले सहकारीहरुले घरेलु उद्योगलाई प्रोत्साहन दिनुपर्ने उल्लेख गर्दै समग्र नागरिकले रोजगारी प्राप्त गर्न सकेमात्र आर्थिक अवस्था संबृद्ध हुने बताए ।

जिल्ला बचत संघ काभ्रे उपाध्यक्ष निर्मला श्रेष्ठले लगानशिलता,र मेहनतले मात्र सहकारीको विकास सम्भव छ भन्ने कुरा नवदुर्गाको प्रगतिले बताउनु सकिने उल्लेख गर्दै ऋण तथा बचतका अलावा अन्य कृयाकलापहरु संचालन गर्न सके शेयर सदस्यहरुले थप लाभ प्राप्त गर्न सक्ने बताईन् ।

संस्थाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता रमेश हुमागाईले सरकार सहकारी मैत्री भए मात्र सर्वसाधरण नागरिकले सेवा पाउने बताए । सामुदायीक साकोसका तर्फबाट बोल्दै प्रताप ताम्राकारले पुँजी र शेयरधनीको संख्याले सहकारीहरुको मूल्यांकन नहुने भन्दै फरक अभ्यास र लगनशीलताले मात्र सहकारीहरुले सफलता हासिल गर्न सक्ने बताए ।

संस्थाका कोषाध्यक्ष हरिनाराण श्रेष्ठका अनुसार आफ्ना शेयरधनीहरुलाई नियमानुसार लाभांश दिएको संस्थाको कुल पुँजी ७५ करोड ६७ लाख रहेको छ भने ८ हजार ९३ जना शेयर सदस्य रहेको संस्थाले यस वर्ष १ करोड ९४ लाख ५३ हजार खुद नाफा कमाउन सफल भएको बताए ।

जिल्लाको पनौती, बनेपा, धुलिखेल, पाँचखाल, नमोबुद्ध नगरपालिका र बेथानचोक तथा खानीखोला गाउँपालिका कार्यक्षेत्र रहेको संस्थासँग अहिले सम्म ७ ओटा साकोसहरु एकीकरण भइसकेको सभामा जानकारी गराइएको थियो । पछिल्लो पटक एकीकरण हुनेमा पनौती ७ मा रहेको महिलाहरुद्वारा संचालित गौरी शंकर ग्रामिण महिला विकास बहुउद्देश्य सहकारी संस्था रहेको छ । २५ सय ७५ जना शेयर सदस्य रहेको उक्त संस्था एकीकरण पछिको पहिलो साधरणसभा भएको संस्थाका कार्यकारी अधिकृत दिपक तिमल्सिनाले जानकारी दिए ।

सचिवको प्रतिवेदन प्रस्तुत गर्दै अकुर प्रसाद सापकोटाले संस्थाले विभिन्न २० ओटा नीति ८ ओटा निर्देशिका ६ ओटा कार्यविधि निर्माण गरि आवश्यक व्यवस्थापन गरि संस्थामा वित्तिय अनुशासन कायम राख्न सफल भएको जानकारी दिए । लेखा सुपरिवेक्षण समितिका संयोजक रमेशकुमार राजलवटले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको लेखाको अवस्था प्रस्तुत गर्दै राजलवटले यस वर्ष ३ करोड ३८ लाख ७३ हजार ९ सय २ रुपैया जगेडा कोषमा रहेको र अन्य कोषमा २ करोड ३९ लाख ९७ हजार ६ सय ६ रुपैया छुट्इएको जानकारी दिए । संस्थाले प्रयाप्त मात्रामा कर्जा जोखिमको व्यवस्थापन गरी संस्थाको अवस्था मजवुद रहेको बताए ।

कार्यक्रममा सस्थाका अध्यक्ष इन्द्र प्रसाद हुमागाईले कोभिडको महामारी पछि बित्तीय संस्थाहरुमा आर्थिक समस्या उत्पन्न भए पनि नवदुर्गाले आफ्ना शेयर सदस्यहरुलाई त्यसको अनुभूति हुन नदिएको बताए ।। सहकारीको नीति नियम र मर्म भित्र रहेर शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने हुमागाईले प्रतिवद्धता गरेका थिए । संस्थाको वडा नं ६ मा रहेको केन्द्रीय कार्यलय सँगै अन्य विभिन्न स्थलमा ६ ओटा सेवाकेन्द्रहरु सहित १३ बचत संकलन केन्द्र रहेको हुमागाईले जानकारी दिए ।

कुल १ करोड ४३ लाख ३२ हजार ४ सय २७ रुपैया भवन निर्माणमा लागेको अध्यक्ष हुमागाईले जानकारी दिए । त्यस मध्ये शेयर सदस्यहरु, पूर्व संचालक, हालका संचालक, कर्मचारीहरु र समाजसेवीहरुबाट कुल ११ लाख ५ हजार भवन निमार्ण चन्दा सहयोग उपलब्ध भएको उनले बताए ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य सम्मान, एस.एल.सी सम्मान, असल ऋणी, असल बचतकर्ता, अधिक शेयर, असल दैनिक बचतकर्ता, असल दैनिक ऋण्ी, साधरण बचत, आवधिक बचत, सहकारी कर्मी,पूर्व संचालक,उत्कृष्ठ कर्मचारी, भवन निमार्णमा चन्दा सहयोग गर्ने चन्दादाता, भवन निमार्ण उप समिति, भवन निमार्णमा सहयोग पु¥याउने विभिन्न व्यक्ति व्यक्तित्व लगायत शीर्षकमा ६ दर्जन भन्दा बढिलाई सम्मान गरिएको थियो ।

एक पटक पढ्नुहोस