तेमाल/ काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ स्थित जर्देउमा एक घर भत्कदा गाई र बाख्रा पुरेर मरेका छन् । सोमबार दिउँसो १ बजेतिर सो वडाको जर्देउ निवासी सानू माधव मैनालीको घर भत्कीदा घर भित्र रहेका एक गाई र बाख्रा पुरीएर मेरेको वडा अध्यक्ष इन्द्रलाल तामाङले जानकारी दिए ।
घर भत्केर मानवीय क्षति नएपनि एक गाई र एक बाख्रा पुरेर मृत्यु भएको केही अन्नबाली पनि पुरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए । स्थानीयको घर भत्केपछि गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम) घट्नास्थलमा पुगेर स्थानिय सग भेटघाट गरेका छन् ।्
घट्नास्थलमा पुगेका गाउँपालिका उपाध्यक्ष थोकरले पिडितलाई पालिकाबाट आवश्यक राहतको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
