After header

भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

उद्दार मा प्रहरी पुग्दै

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्युभएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ ।

दुर्घटनास्थलमा अहिले पनि उद्धारकार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

एक पटक पढ्नुहोस