मूल्य वृद्धिको मारमा जनता, नेतागणलाई चुनावकै चिन्ता !

काठमाण्डौ ।
चुनावको सम्मुखमा मुल्यबृद्धि आकासिएको छ । विशेष गरी दैनिक उपभोग्य बस्तुहरुमा भएको मुल्यबृद्धिको मारमा आम जनताहरु पिल्छिनु परिरहेको छ । चुनावको मुखमा भएको मुल्यबृद्धिले नेताणलाई भने कति पनि छोएको छैन उनीहरुलाई केवल चुनावकै मात्र चिन्ता हुने गरेको आम जनताहरुको गुनासो छ । अझै बिशेषगरी चालु आर्थिक वर्षमा तराई क्षेत्रमा उच्च मूल्य वृद्धि देखिएको छ । पहाड र हिमालको तुलनामा तराई क्षेत्रमा महँगीदर बढी भएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष आव को २ महिनामा उपभोक्ता मूल्य वृद्धि ५.१५ प्रतिशत बिन्दुले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको वित्तीय प्रतिवेदनअनुसार चालु आवको २ महिनामा मूल्य वृद्धि दर ८।६४ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो दर ३.४९ प्रतिशत मात्रै थियो ।

यस अवधिमा तराईमा अधिक मात्रामा उपभोक्ता मूल्य वृद्धि हुँदा त्यस क्षेत्रका जनता मारमा परेका छन् । यस अवधिमा तराईमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले मूल्य वृद्धि हुँदा पहाडमा ८.८२ प्रतिशत र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत वस्तुको मूल्य बढेको छ । यस्तै, काठमाडौं उपत्यकामा महँगीदर ७.६२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्यको मूल्य ९.०२ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आवको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घिउ तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्य वृद्धि क्रमशः १७.२९ प्रतिशत, १४।५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत छ ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

एक पटक पढ्नुहोस