After header

जिल्ला व्यापी नृत्य प्रतियोगिता सम्पन्न 

काभ्रे

जिल्ला व्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।पनाैतीमा सम्पन्न प्रतियोगितामा बिद्यासागर स्कुल बनेपा प्रथम, नमाेबुद्ध मावि धुलिखेल द्वितीय, ग्रेसल्याण्ड बाेर्डिङ स्कुल साँगा तृतीय तथा सुर्याेदय स्कुल पनाैतीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा संजय शर्मा राज उपाध्याय, प्रदिप रमनसिंह डंगोल निर्णायक रहेका थिए । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद तथा ट्रफी प्रदान गरिएको थियोे ।

कार्यक्रममा पनाैती नगरपालिका प्रमुख रामशरण भण्डारी प्रमुख अतिथि रहेका थिए । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पनाैती नगरपालिकाका उप प्रमुख गिता बन्जाराले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा पनाैती नगरपालिकाले अार्थिक सहयोग गरेका थिए । प्रतियोगितामा जिल्लाका २५ विद्यालय सहभागी थिए । प्रतियोगिता नेवा हलिं गुठीले अायाेजना गरेको थियोे ।

एक पटक पढ्नुहोस