After header

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा सदस्यमा विजयी

डडेल्धुरा : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

यसपटक उनले २५ हजार ५ सय ३४ मतसहित आफ्नो अपराजित यात्रा कायम राखे । देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरेका छन् ।

ढकालले १३ हजार ४२ मत पाएका छन् । यस्तै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले सात हजार ५ सय ३५ मत पाएका छन् ।

देउवाले यसअघि ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा डडेलधुराबाट निर्वाचन जितेका थिए ।

एक पटक पढ्नुहोस