१ माघ, काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले आइतबार दिउँसो ४ बजे सम्ममा ६२ वटा शव निकालिएको छ ।
नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्
उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।
६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न लागेको बताइएको छ ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बस्दै भोलि माघ २ गते शोक बिदा दिने र मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय समेत गरिएको बताइएको छ ।
पौष १७ गते पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनग्रस्त भएको हो ।
पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेको देखिएको एक प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।
