,काठमाडौं / पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि सुरक्षाकर्मीको टोली उद्धार कार्यमा लागेको छ । सोमबार पनि बिहानबाट नै उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।
दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी अनिल शाहले बताए ।
