काठमाडौं/ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दर्ता दिएकी छिन् । सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारी अर्यालले दिएकी हुन् ।
अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।
