काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा यतिबेला केन्द्रीय पार्टी कार्यालयमा निर्णयक बैठक चलिरहेको छ । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएर दोस्रो चरणको बैठक शुरु भएको छ ।
पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले सरकार छाड्न नहुने बताए पनि केहीले गृहमन्त्री नपाए सरकार छाड्नु पर्ने बताएका छन् । अब निर्णायक छलफल सुरु भएको र यो छलफलबाट निष्कर्ष निकालिने श्रोतले जनाएको छ ।
बैठकपछि पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति रवि लामिछानेले बताएका छन् ।
