After header

उपत्यकाको तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं / काठमाडौं उपत्यकाको ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मन्त्रालय स्रोतका अनुसार गत शुक्रबार खुमलटार स्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ । तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौ बर्डफ्लु देखिए सबै अन्य ठाउँ पनि चेकजाँच भईरहेको मन्त्रालयले जनाएको छ ।

 

एक पटक पढ्नुहोस