धुलिखेल/ धनले मात्रै केही हुदैन तर मान्छेको जिवनमा सबै भन्दा ठुलो मन हुनु पर्छ भन्ने उदाहरण समाजमा भनिन्छ । भोज भतेर गरेर मात्रै पनि पित्रीले आनन्द पाउछन् भन्ने होईन । पित्रीको नाममा दिनदुःखीलाई सहयोग ग¥यो भने मात्रै पित्रीको आत्माले शान्ति पाउछन् भन्ने पुरानो कथन छ ।
यसैको उदाहरण बनेकी छिन काभ्रे जिल्ला बनेपाकी अनिला कायष्थ । आफ्नो बुबा रामचन्द्र कायष्थको १५ औँ पून्य तिथिको अवसरमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएकी छिन् उनले । धन भनेको केही होइन तर मान्छेको सबैभन्दा ठुलो मन हो उनले भनिन् । मेरो बुबाको आज पर्न गएको १५ औ तिथिमा यस विद्यालयका बच्चाहरुलाई सानो मेरो स्वा. बुबाको नामबाट सानो सहयोग गर्न पाउदा आफू सान्है गर्वभित आएको बताईन् ।

आफूले बुबाको नाम बाट काभ्रे जिल्लाका धेरै विद्यालय र दिनदुःखीका लागि सहयोग गदैको समेत बताईन् ।जिल्लाको धुलिखेल नगरपालिका वडा नं ७ स्थित श्री बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गदै उनले यस कार्यलाई आफूले निरन्तर दिदै जाने समेत बताईन् । समाजसेवी अनिला कायष्थले विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्मका एक सय २२ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेकी हुन् ।

कार्यक्रममा समाजसेवी एवं यूवा नेता सवर प्रजापतिले आफूहरुले स्वा. बाजे ससुराको पून्य तिथिमा विगत ५ वर्ष देखि विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका बताए । यस कार्यका लागि आफूहरु सधैव लागि पर्ने समेत उनले बताए । कार्यक्रममा प्रमुख अथिति धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले पित्रीको सम्झानामा यसरी सामुदायि विद्यालयमा सहयोग गरि विद्यार्थीको मनबल बढाएको भन्दै धन्यावाद दिएका थिए ।

समाजसेवी अनिला कायष्थले जुन कार्य गरिरहनु भएको छ यस प्रति धुलिखेल नगरपालिका र आफ्नो तर्फबाट समेत भोलिका दिनमा सहकार्य गरि अगाढि बढ्ने समेत उनले बताए । विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै, विद्यालयका प्रधानाध्यापक तोया नाथ उप्रेतीले भने, केही समय अघिदेखि विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या भएकाले रङ्गीचङ्गी कपडा लगाएर आउने गरेका थिए । विद्यार्थीहरुले अहिले नयाँ पोशाक पाएका छन् । अब विद्यार्थीहरुमा पोशाक सम्बन्धि समस्या नहुने उनले बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भोजकुमार ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकण्ठ माकजु लगायतले विद्यालयलाई सहयोग गरेको प्रति धन्यावाद दिदै भोलिका दिनमा समेत यस कार्यका लागि सधैव साथ दिन समेत आग्रह गरेका थिए ।
