काभ्रे / आर्शु स्मृति प्रतिष्ठानले बालआश्रममा एकथान कम्प्युटर सहयोग गरेको छ ।अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हन्स्तान्तरण गरेको उनका अभिभावक बताएका छन् ।
आज भन्दा १ बर्ष अगाडि उपचारको क्रममा अस्पतालको लापरबाहीको कारण निधन भएको छोरि आर्शुको स्मृति दिवसको अवसरमा स्व . प्यारी छोरी आर्शु काफ्लेको सम्झनामा, छोरि आर्शुको भौतिक शरिर नरहे पनि उस्को आत्माले शान्ति पावस भन्दै, एक छोरिको पिडामा, हजारौ छोरि बचाउ अभियान्को साथमा उनका माता, पिता सुस्मिता लामिछाने ( काफ्ले ) ÷ हरेराम काफ्ले ( रुपेश) लगायत समुहको पहलमा छोरि आर्शुको स्मृतिमा स्थापना गरिएको आर्शु स्मृति प्रतिष्ठान नामक संस्था बाट मन्डन्देउपुर न.पा वार्ड नं – ९ मा रहेको सेवक नेपाल नामक सन्स्थाले खोलेको बालआश्रम मा रहेका १५ बालबालिका हरुका लागि कम्प्युटर १ थान हन्स्तान्तरण गरेको हो ।

साथै कुनै पनि समय गरिब, निम्न वर्गीय परिवारका सदस्यहरुमा उपाचारको लागि कठिन परिस्थिति परेको अवस्थामा धुलिखेल अस्पताल र आर्शु स्मृति प्रतिष्ठान बिच भएको सम्झौता अनुसार सम्पुर्ण औषधी उपाचार निशुल्क गराउने ब्यवस्था मिलाइएको छ । हाल सम्म केहि व्यक्तिअरुको उपचार समेत गराइसकेको प्रतिष्ठानले जानकारी दिएको छ ।
