धुलिखेल/ नेपाल यातायात मजदुर सघंको बागमती प्रदेशको चौथौं अधिवेशन काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिव प्रसाद हुमागाईको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गदै हुमागाईले मजदुरका लागि जहिले पनि नेपाली काग्रेस पार्टी दुःखसुखको साथी रहेका बताए । हिजो मजदुरको हकहिकका लागि भएको अदोलनमा पनि सधैव नेपाली काग्रेस नै अघि बढेर मजदुरलाई न्याय दिएका पार्टी भएकाले मजदुरका लागि जहाँ र जुन अवस्थामा पनि सहयोग र मजदुरका मुद्धा उठाउन पछि नपर्ने बताए ।

नेतृत्व लिएर मात्र नभए नेतृत्व लिएपछि गनुपर्ने भूमिकामा रहेर काम गर्न समेत उनले आग्रह गरे । नेता बन्न पदमात्रै लिएर नहुने बताउदै पद अनुसारको काम र कर्तव्य पनि गर्ने उनले आग्रह गरे । अहिले काम भन्दा पनि झुटको खेति गर्ने प्रचलन धेरै भएकाले नेतृत्व गर्ने र यस अधिवेशन बाट काम र मजदुरका विषयमा सदैव राज्यलाई घच्घचाउने नेतृत्व चयन गर्न समेत उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल यातायात मजदुर सघका प्रमुख सल्लाहकार अजय कुमार राइ, नेपाल यातायात मजदुर सघ राष्ट्रिय समितिका अध्यक्ष धर्मराज भण्डारी, उपाध्यक्ष सुमन लामा, महासचिव नरनाथ पन्त, सह–कोषाध्यक्ष चेत प्रसाद गौतम लगायतले बागमती प्रदेशको अधिवेशनका लागि शुभकामना दिदै अब चुनिने नेतृत्वले प्रदेशका मजदुरका हकहितका लागि सदैव लागी पर्ने र मजदुरका पिरमर्का बुझेर अगाडि बढ्ने नेतृत्वलाई आग्रह गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल यातायात मजदुर सघ काभ्रे जिल्लाका पूर्व अध्यक्ष सतोष गौतमले गरेका थिए ।
