चैत्र २ गते बिहीबार
कतार, नेपाल डेरी एसोसिएसनको टिम १० औ कतार अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन कतार पुगेका नेपाल डेरी एसोसिएसनको टिमले कतारस्थित राजदुत डा. नरेश बिक्रम ढकालसँग भेटघाट गरेको छ ।
कतार भ्रमणका क्रममा टिमले कतारस्थित राजदुत डा. ढकालसँग भेटघाट डेरीका उत्पादनलाई कसरी व्यापार प्रर्वद्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको एसोसिएसनले जनाएको छ । 
मार्च १५–१९, २०२३ मा कतार स्थित दोहा प्रदर्शन कन्भेसन केन्द्रमा हुने १० औ अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट डेरी एसोसिएसनका उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मनोज घिमिरेको नेतृत्वमा एसोसिएसनबाट कोशी प्रदेश अध्यक्ष गंगा खड्का, सचीव अशेश बुढाथोकी, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष ध्रुव तिवारी, सह–कोषाध्यक्ष राजकुमार वाईबा र सह–सचिव रबिन्द्र हुमागाईंको टिम प्रदर्शनीकर्ता एवं भिजिर्टसका रुपमा कतार प्रस्थान गरेका हुन् । 
मेलामा चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, डेरीका उत्पादन रहने जानकारी गराइएको छ । नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रही मेलाको आयोजना भएको हो । मेलामा नेपाल टी, नेपाल हव्र्स, लार्ज कार्डमम् कलेक्टिभ ट्रेडमार्कको प्रर्वद्धन हुने र ६ वटा उद्योग प्रतिष्ठानहरुको सहभागिता रहने छ भने मेलामा ।
कतार नेपालको व्यवसायिक सम्बन्ध तथा पारस्परिक व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा बिशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने उद्देश्यले मेलामा नेपाली प्रतिनीधि मण्डल कतार पुगेका हुन् ।
