After header

दोलखामा ट्रकले ठक्कर दिँदा काभ्रेका एक जनाको मृत्यु

दोलखा । आज शनिबार बिहान करिब ७ः४५ बजे  जिल्लाको भीमेश्वर नगरपालिका ७ स्थित दुधडेरी नजिकै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको  जिल्ला  प्रहरी कार्यालय दोलखाले जनाएको छ । ट्रकको ठक्करबाट काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका २० वर्षीय राजु मगरको मृत्यु भएको दोलखाका प्रहरी निरिक्षक धर्मेकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका मगरको च्छोरोल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलमा सवार धनुषा घर भई हाल दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो बस्दै आएका अविशेक शाह घाइते भएका छन् । उनको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ ।

एक पटक पढ्नुहोस