- पनौती ।ज्या: पुन्हि पनौती जात्रा २०८० मा लायकु धिमे बाजा खलको टोलीलाई टिसर्ट बितरण गरिएको छ । काभ्रे पुण्यमाता यातायत ब्यवसायी राजेश सुन्दर सैजुको प्रमुख आतिथ्यमा धिमे बाजा टोलीलाई शुक्रबार पनौती -७ काठुगणेशमा टिसर्ट बितरण गरिएको हो । सैजु ब्रदर्श बाट धिमे बाजा टोलीलाई टिसर्ट प्रयोजन गरेर बितरण गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ को वडा अध्यक्ष सबिन तम्राकार, पुर्व वडा सदस्य पुरुषोत्तम कर्माचार्य, जीवन रघु श्रेष्ठ, पनौती नेपालको अध्यक्ष निवास श्रेष्ठ, पनौती जात्रा मुल समतिको अध्यक्ष सत्रुधन कर्माचार्य, रोशी बचतका सिजन सुद्धकार लगायतको उपस्थितिमा धिमे टोलीलाई टिर्सट बितरण गरिएको थियो ।
पनौती जात्रा जेठ १६ गते देखि सुरु भएर जेठ २१ गते समापन हुनेछ । कार्यक्रमममा लयाकु धिमे बाजाको टोलीको ५० जना बाजा बजाउने टिमलाई टिसर्ट बितरण गरिएको छ । धिमे बाजा खलका नायकहरू सुमित सुधाकार,सुरज श्रेष्ठ, सबिन प्रजापति, राज मानन्धर ले धिमे बाजा बजाउन सिकाउने गर्दै आएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सबिन ताम्राकारले कला संस्कृति कुनै पार्टीको चलाउने होइन यसमा कुनै विभेद हुनु हुँदैन सबैको सहभागिता र सहकार्य हुनुपर्छ भन्ने धारणा राखेका थिए। कार्यक्रममा प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङले संस्कृति जगेर्ना गर्न सके मात्रै भावी दिनमा पहिचान बन्ने र चिनाउन मदत हुने भन्दै विश्व सम्पदा सूचीमा समावेश को लागि भइरहेको पहलमा स्थानीय सरोकारवाला निकाय वर्तमान समयमा जागरुक हुन आबस्यक रहेको बताए ।

पनौती जात्राको लायकु धिमे बाजा टिमलाई टिसर्ट बितरण
Next Post
एक पटक पढ्नुहोस