After header

काभ्रेको पनौतीमा रहेको मुक्तीनाथ मन्दिर तीन दिनसम्म ब्रह्मोत्सव हुने

बिकुनारायण ताम्राकार

काभ्रे । काभ्रेको पनौती –५ सुब्बा गाउँमा रहेको मुक्तीनाथ मन्दिर द्धितीय ब्रह्मोत्सव हुने भएको छ । मन्दिरको परिसरमा आज शुक्रबार पत्रकार सम्मेलन गदै आयोजकले मूक्तिनाथ मन्दिरमा द्धितीय ब्रहोत्सव तीन दिनसम्म चल्ने जानकारी दिएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाकै प्रसिद्ध धार्मिकस्थलको पहिचान बनाएको मुक्तिनाथ मन्दिर पनौती सुब्बागाउँ कल्पनाकार गोपालबहादुर थापा हामीमाझ नभएपनि मुक्तिनाथ मन्दिर झै हामी माझ आर्शिवाद दिएर बसिरहनु भएको छ ।पनौतीको मुक्तिनाथ मन्दिरको दुई बर्ष पुरा भएको सुअवसरमा आगामी वैशाख १७ गते देखि वैशाख १९ गतेसम्म ब्रह्मोत्सव गरिने भएको हो ।

उनै संस्थापक अध्यक्ष थापाको परिकल्पनामा निर्माण भएको मन्दिरमा तीन दिनसम्म ब्रह्मोत्सव गरिनेछ ।
द्धितीय व्रह्मोत्सवको तयारीका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुक्तिनाथ मन्दिर निर्माण तथा निर्माणका विषयमा प्रस्ट पारिएको थियो ।

‘संस्थापक अध्यक्ष स्व. गोपालबहादुर थापाको परिकल्पना अनुसार निर्माण गरिएको मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठान गरिएको दुई वर्ष पूरा भएको छ’–व्रह्मोत्सव समितिका प्रचार प्रसार समितिका संयोजक भोला थापाले बताए । ‘पनौतीको ऐतिहासिक, पुरातात्त्विक र धार्मिक क्षेत्रलाई मुक्तिनाथ मन्दिरले थप प्रसिद्धि बनाएको छ ।’

व्रह्मोत्सव मुल समारोहका संयोजक राजेन्द्र थापाले व्रह्मोत्सवको अवधिमा विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोण गरिने उल्लेख गरे । द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिनेछ । मध्यान्ह १२ बजे पछि श्रीदेवी, भूदेवी वल्लभ श्री मुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराइनेछ ।

नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, वल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिनेछ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले २०७३ साल मसिर २ गतेबाट मन्दिर निर्माणका लागि संस्थापक अध्यक्ष गोपालबहादुर थापाले सप्ताह मार्फत कार्य प्रारम्भ गर्नु भएको थियो । २०७४ असोज २५ गते स्वामी कमलनयनाचार्यद्वरा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिर निर्माण कार्य कोरोना महामारीको कारण चार वर्ष पछि धकेलिएको थियो ।

काभ्रेको पर्यटकीय सांस्कृतिक नगर पनौती नगरपालिका ५ बाँसघारीमा मुक्तिनाथ मन्दिर स्थापनाको द्धितीय ब्रम्होत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ ।वडा अध्यक्ष बिनोद खत्रीले आफ्नो बडामा ऐतिहासिक धामको निर्माण भएको उल्लेख गरे । आफूले व्रह्मोत्सवका लागि सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्राचीन मन्दिर नै मन्दिरले भरिभराउ पनौतीमा एक ऐतिहासिक मठ मुक्तिनाथ मन्दिर थप भएको दोश्रो बर्षसँगै त्यहाँ द्धितीय ब्रम्होत्सवको आयोजना गर्न लागिएको हो ।२०७४ असोज ४ मा शिलान्यास भएर निर्माण सुरु गरिएको मन्दिरको औपचारिक रुपमा २०७८ सालबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

पनौती नगरपालिका ५ निवासी स्वर्गिया गोपालबहादुर थापाको पकिल्पनाअनुसार उक्त मन्दिर निर्माण भएको हो । थापाक कै अगुवाईमा २०७३ सालमा महायज्ञ लगाएको थियो । सो महायज्ञबाट उठेको ५८ लाख रकमले मन्दिर निर्माणको प्रक्रिया अघि बढेको थियो ।

उहाँको एउटा सपना पुरा भएर ऐतिहासिक धरोहरको रुपमा रुपान्तरण भएसँगै स्थानीय बासिन्दा मुक्तीनाथ मन्दिरले सदैव आसिक प्रदान गरेको महसुस गर्छन् । तीन दिनसम्म चल्ने ब्रम्होत्सव समितिका संयोजक राजेन्द्र थापाले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन गर्न नसक्ने अशक्त, वृद्धलगायत अन्य भक्तजनलाई लक्षित गर्दै मुक्तिनाथ बाबाकै सल्लाहमा मन्दिर स्थापना भएको उल्लेख गरे ।

उनका अनुसार मुक्तिनाथ मन्दिर ६ रोपनी परिसरभित्र १ सय ८ धारा, २ वटा पाटी, पूजारी घर, शौचालय, महिला र पुरुषका लागि कपडा फेर्ने अलग–अलग कक्ष, पार्किङको समेत व्यवस्थापन गरिएको छ ।

एक पटक पढ्नुहोस