पनौती । पनौती नगर अन्तर बिद्यालय स्तरीय फुटबल सम्पन्न भएको छ । मानेश्वारी युवा क्लबको आयोजनामा भएको फुटबल खेलमा पनौतिको १३ बिद्यालयको सहभागी थियो । टिम दर्ता २ हजार ५ सय सहित टिम दर्ता गरेर खेल खेलाएको क्लबको अध्यक्ष लक्ष्मी खिबन्जारले जानकारी दिए । उक्त खेलमा छात्रा तर्फ इन्द्रेश्वार माबी प्रथम भएको छ भने बाल प्रकाश माबी दोस्रो भएको छ । छात्रा तर्फ प्रथम हुनेले नगद १० हजार र दोस्रो हुने टिमले ५ हजार नगद पाएछन । 
छात्र तर्फ पनि इन्द्रेश्वार माबी प्रथम र दोस्रोमा बाल प्रकाश माबी दोस्रो भएको छ । छात्र तर्फ प्रथम र दोस्रो हुने टिमले नगद १० हजार र ५ हजार पाएको छ ।
पनौती नगर भित्र रहेको बिद्यालय हरु बिच भएको फुटबल खेल बाट बिद्यार्थी हरु को खेल प्रतिको रुचि र प्रतिभा प्रस्तुत गर्ने अबसर मानेश्वारी युवा क्लबले दिएको क्लबको अध्यक्ष खिबन्जारले बताए । नगर भित्रको यस्तो खेल प्रतियोगिता बाट खेलाडी उत्पादनमा जोड दिन सहयोग हुने क्लबको अध्यक्षले बताए ।
