After header

राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी स्थगित

काठमाडौँ । आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी दिन र समय परिवर्तन भएको छ । आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।

मंगलबार बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक बुधवार ११ बजेर ११ मिनेटमा बस्नेगरी दिन र समय परिवर्तन भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

एक पटक पढ्नुहोस