कालिकोट।
कालिकोट शुभकालिका गाउपालिका वडा न ६ चिसापानी मा सवारी दुर्घटना भएकाे छ । चिसापानी स्थित बेहुली पानतडी सडक खण्डमा चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको, लु१ च ८४९८ नं.को डबल क्याप जिप सडकदेखी अन्दाजी १ सय ५० मिटर तल खसेको छ । सवारी दुर्घटनामा जिप चालक शुभकालिका भर्ता बस्ने बर्ष अन्दाजी ३० बर्षका हर्क कामी, कालिकोट शुभकालिका गा.पा. ८ बस्ने बर्ष ३१ को राम बहादुर शाही, दैलेख नौमुले घर भएका बर्ष २५ बर्षको गोपाल सलामी मगर रहेका छन् । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरिक्षक यज्ञराज जोसीको कमाण्डमा प्रहरी टोली खटि गएको गएकाे प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।
