After header

दलित महिला वडा सदस्यको आफ्नै श्रीमान् द्वारा हत्या 

काभ्रे । आफ्नै श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।

गए राति काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधवार राति निधन भएको वडाध्यक्ष कृष्णबहादुर तामाङले बताएका छन् ।

उनी नेकपा एमालेबाट दोस्रो पटक सो वडाको दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

एक पटक पढ्नुहोस