पाँचथर , गत सनिबार बाडिले हेवाखोला को पक्कि पुल बगायो।
पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलाको पुल बगाए सँगै मेचिराजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्डमा पनि सडक ठप्प भएको छ।

पुल बगाए पछि पाँचथरका ३ गाउँपालिका र छिमेकी जिल्ला ताप्लेजुङमा राहात समाग्री ढुवानी गर्न समस्या परेको थियो । अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहज बनाउन हेवा खोलामा अस्थाइ तुइन निर्माण गरिएको छ । राहात सामाग्री पठाउने थालिएको छ।
तुइनको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए । बुधबार जिल्ला प्रशासन कार्यालय पाँचथर, स्थानीय तह, सुरक्षा निकायहरु, उद्योग वाणिज्य संघ पाँचथर लगायत स्थानीय मानिसहरुको समन्वयमा हेवाखोलामा अस्थायी रुपमा तुइन को निर्माण गरिएको खतिवडाले जानकारी दिए ।
यात्रुहरु उक्त क्षेत्रमा जान झोलुङ्गे नजिक रहेको पुल तरेर हिडेर गन्तव्य मा वारि पारि रहेका सवारी साधन चड्ने गर्छन् भने सामान तुइन बाट ल्याउन सकिन्छ।
पक्कि पुल बगाएको हेवाखोला मा बेलिब्रिज धमाधम निर्माण भइरहेको छ ।
