After header

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा ६५ मतान्तरले योगेन्द्र निर्वाचित

काठमाडौं/  नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवरले ६५ मतान्तरले महेन्द्र यादवलाई पराजित गदै निर्वाचित भएका छन् । कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाएका थिए ।

संस्थापन पक्षका उम्मेदवार कुवँरले शेखर–गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गदै उनी विजय भएका हुन् । शुक्रबार सुरु भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनबाट पदाधिकारीका अन्य पदमा शेखर– गगन पक्षका उम्मेदवारले जितेका छन् ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् । महासचिवमा अजयकुमार राई ४६४ मतका साथ निर्वाचित हुँदा पराजित डीपी अर्यालले ३३७ मत पाए ।

खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन् । सदस्यतर्फको मत गणना भने जारी छ । ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति ४९ सदस्यीय हुने व्यवस्था छ ।

एक पटक पढ्नुहोस