After header

असार १४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) विसं२०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

एक पटक पढ्नुहोस