गोल्डेनगेटलाई फुटसल उपाधि

काठमाडौं – आयोजक गोल्डेनगेट कलेजको ‘ए’ टीमले ‘दोस्रो गोल्डेनगेट एम.एस्सी कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा पाटन बहुमुखी क्याम्पसलाई १० – १ को फराकिलो अन्तरले पराजित गर्दै गोल्डेनगेटले उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगिताको विजेता गोल्डेनगेटले उपाधिसहित नगद १५ हजार तथा  उपविजेताले पाटनले नगद ८ हजार पाए ।

गोल्डेनगेट कलेज स्नातकोत्तर तह भौतिकशास्त्र विभाग तेस्रो सेमेस्टरको आयोजनामा  पुष १३ र १४ गते गरी दुई दिनसम्म चलेको प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एम.एस्सी पढाई हुने गोल्डेनगेट, सेन्ट जेभियर्स, पाटन संयुक्त क्याम्पस र त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभागका विभिन्न टोली गरी १२ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

एक पटक पढ्नुहोस