आज गुरुङ समुदायको तमुल्होसार, राष्ट्रपतिले दिइन् शुभकामना

काठमाडौं, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई विदा गर्दै आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन् ।

नयाँ वर्षको रुपमा गुरुङ समुदायले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सांस्कृतीक कार्यक्रम गरी ल्होसार पर्व मनाउने चलन छ ।

ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले तमु ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपाली गुरुङ समूदायमा सुख,शान्ति र हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् ।

एक पटक पढ्नुहोस