काठमाण्डौ ।
नेपाली साहित्यकार विश्व सञ्जालले आइतवार जुम कार्यक्रम मार्फत गुरु पूर्णिमा तथा २१० औँ भानुजयन्तीको अवसर पारेर प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा चार वर्ष अघिदेखि निरन्तर नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा प्रशिक्षण दिइरहनु भएका दर्जन बढि अग्रज प्रशिक्षक, प्रशिक्षण सहयोगी तथा समायोजन सहयोगीलाई सम्मान गरेको छ।
सम्मान पाउने साहित्यकारहरूको विवरण यस्तो रहेको छ। सोमबारका गजल प्रशिक्षक गजलविद्वोच्छिरोमणि तथा वर्दधाट नगर प्रज्ञा परिसद् कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीलाई मोतिराम भट्ट सम्मान-२०८०, मंगलवारका गद्य कविता प्रशिक्षक वरिष्ठ साहित्यकार कलानिधि दाहाललाई गोपालप्रसाद रिमाल सम्मान -२०८०, बुधवारका मुक्तक प्रशिक्षक अग्रज मुक्तककार सुनिल अधिकारीलाई गुमानी पन्त सम्मान -२०८०, बुधवारकै खोरिया प्रशिक्षक अग्रज साहित्यकार जनार्दन अधिकारी धड्कनलाई खोरिया प्रविधा प्रणयन सम्मान-२०८०, बिहिवारका छन्द कविता प्रशिक्षक अग्रज साहित्यकार हरिप्रसाद रिमाललाई भानुभक्त आचार्य सम्मान -२०८०, र अर्का प्रशिक्षक अग्रज साहित्यकार विदुर अधिकारीलाई लेखनाथ पौडेल सम्मान -२०८०, त्यसैगरि शुक्रवारका गीत प्रशिक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदाललाई हरिभक्त कटुवाल सम्मान -२०८०, शनिवारका हाईकु
प्रशिक्षक अग्रज हाइजिन पुरु सुवेदीलाई शंकर कोइराला सम्मान -२०८०,शनिवारका अग्रज लघुकथा प्रशिक्षक राजन सिलवाललाई पूर्णप्रसाद ब्राह्मण सम्मान-२०८०, आइतवारका बाछिटा प्रशिक्षक अग्रज साहित्यकार अमर त्यागीलाई बाछिटा प्रविधा प्रवर्तन सम्मान -२०८० र आइतवारकै चारु प्रशिक्षक अग्रज गजल चिन्तक तथा साहित्यकार डा. देवी पन्थीलाई चारु प्रणयन सम्मान -२०८०ले सम्मान गरेको हो । सोमबारका गजल प्रशिक्षण सहयोगी सक्रिय साहित्यकार दुर्गा क्षेत्रीलाई भीमनिधि तिवारी सम्मान-२०८० प्रदान गरेको छ। यसैगरि नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा अभ्यास समायोज सहयोगी को भूमिका निर्वाह गर्दै आएका नेपाल प्रतिनिधि साहित्यकार कमला महत, साहित्यकार ताराप्रसाद चापागाईँ र साहित्यकार निरु गौतमलाई वाङ्मय श्रीवृद्धि सम्मान -२०८० ले सम्मान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञावालीले कविता के हो र कस्ता रचनालाई कविता भन्ने भनेर मार्गदर्शन गराउनु भयो । उहाँले संस्थाका परिकल्पनाकार स्पन्दन विनोदको मुक्त कण्ठबाट प्रशंसा गर्नुभयो। कार्यक्रम नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार कवि तथा गजलकार स्पन्दन विनोदले संचालन गरेका थिए। परदेशमा रहेर पनि निरन्तर नेपाली भाषा साहित्यको सेवा गरिरहेका स्पन्दनले संचालन गरेको उक्त कार्यक्रममा दर्जन वढि साहित्यकारले आफ्ना रचना वाचन गरेका थिए। जुम प्रविधिको सहयोगमा गरिएको उक्त कार्यक्रम एन वि अन्जानको प्राविधिक सहयोगमा ५ घण्टा बढि चलेको थियो।
