बनेपा । आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसमा युवाको सक्रियतामा वृक्षारोप गरिएको छ । `दिगो बिकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप बिकास ´ भन्ने मुल नाराका साथ जिल्ला युवा समिती काभ्रेको आयोजना वृक्षरोपण गरिएको छ । शनिबार जिल्ला युवा समिती काभ्रे र पनौती ५ सुन्दरबस्तीमा रहेको सुन्दरबस्ती क्लबको आयोजनामा पनौती नगरपालिका वडा न ५ बतासे डाडामा विभिन्न प्रजातिको बिरुवा वृक्षरोपण गरिएको थियो । वृक्षरोपण गर्न पनौती नगरपालिका वडा न ५ को वडा अध्यक्ष बिनोद खत्री, जिल्ला युवा समिती काभ्रेको अध्यक्ष प्रकाश थापा, पनौती ५ कि वडा सदस्य सबिता थापा, सुन्दरबस्ती क्लबका अध्यक्ष सन्देश थापा, लगायत क्लबको युवाहरू लगायतले वृक्षरोपण गरिएको थियो । वृक्षरोपण गर्दै वडा अध्यक्ष खत्रीले युवा हरु हरेक माध्यम बाट सामाजिक कार्यहरु गर्न सकिन्छ युवा शक्ति समाजको लागि आवश्यक शक्ति भएको बताए ।
हामिले रोपिएको बिरुवा के कस्तो अवस्थामा छ भने निरन्तर फलो गरेर हेरचाह गर्ने अभिभारा युवाहरुले राख्नु पर्ने समेत वडा अध्यक्ष खत्रीले बताए । जिल्ला युवा समिती काभ्रेको अध्यक्ष प्रकाश थापाले केही न केही अभियान मार्फत युवाहरु सक्रिय बन्नु पर्छ भन्ने उद्देश्यले जिल्ला समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसमा बतासे डाडामा वृक्षरोपण गरिएको आयोजना गरिएको बताए ।
हामी जिल्ला समितिले युवाहरुलाइ स्वरोजगार बनाउने देखि युवा शक्ति समाज रुपान्तरण गर्न सहयोग गरिरहेको अध्यक्ष थापाले बताए । सुन्दबस्ती युवा क्लबको अध्यक्ष सन्देश थापाले क्लबले युवा हरुको हकहितमा विभिन्न कार्यहरुमा साथ दिदै आएको वृक्षरोपण कार्यमा सहकार्य गर्ने अबसर मिलेकोमा जिल्ला युवा समिती काभ्रे परिवारलाई स-धन्यवाद व्यक्त गरे । क्लबको सचिब राजकुमार दुलालले पनैती वडा न ५ को सुन्दर बस्ती बतासे डाडा सम्म आएर वृक्षरोपण गरिएकोमा वडा अध्यक्ष लगायत जिल्ला युवा समितिलाइ धन्यवाद व्यक्त गरे । हामी समाजको लागि केही गर्न सकिन्छ भन्ने लक्ष्य लिएर स्थापना भएको क्लबले निरन्तर रुपमा स्थानीय सरकार लगायत सरोकार निकायहरु सङ सहकार्य गरिरहेको दुलालले बताएका छन् ।

अन्तराष्ट्रिय युवा दिवस: युवाको सक्रियतामा वृक्षरोपण
एक पटक पढ्नुहोस