काभ्रे । सिविक फोरम सस्थाले सहजीकरण गदै आएको सुरक्षित आप्रवासन परियोजना (सामी) अबदेखि रोशी गाउँपालिकाले आफै सञ्चालन गर्ने भएको छ । मंगलबार सेवाप्रदायक संस्था सिविक फोरमले रोशी गाउँपालिकालाई परियोजनाको कागजात एक कार्यक्रमको बिच उक्त परियोजना हस्तान्तरण गरेको छ ।
सिविक फोरमका प्रतिनिधि वसन्त कुवरले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई उक्त कागजात हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पालिकाका अध्यक्ष दिनेश लामाले सेवा प्रदायक संस्थाले हस्तान्तरण गरेपनि आवश्यक सहयोग भने आफूहरुले पाईरहने समेत अपेक्षा गरेको उनको भनाई थियो । ‘परियोजनाको कार्यक्रम राम्रो भएकाले आगामी दिनमा कार्यक्रम गर्दै जानेछौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘हामीलाई हस्तान्तरण भएपनि आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।’
यसलाई हिजोको दिनको जस्तै साथ र सहयोग हुनेमा म लगायत हाम्रो पालिका आशावादी रहेने समेत उनले जानकारी दिए । परियोजनाको कागजात र तथ्यांकहरू हस्तान्तरण भएपनि सहयोग गर्नुपर्ने अवस्थामा सँधै सहयोग गर्ने सिविक फोरमका प्रतिनिधि कुवरले बताए ।
हामीले कागजात मात्रै हस्तान्तरण गरेका हौ । आवश्यक परेमा यसको रेकदेख सधै हामीबाट हुनेमा गाउँपालिकालाई ढुक हुन उनले अनुरोध गरे ।गाउँपालिकाले पहिलो पटक सामी परियोजनाको कार्यक्रम आफैले गर्न लागेकाले फोरमले सहयोग गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए ।
नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस इन्टरको अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन ‘सामि’ परियोजना कार्यान्वयन २०७६ सालदेखि रोशीमा सञ्चालन हुदै आएको थियो ।
परियोजनाले वडा–वडामा कार्यक्रम गर्दै आएका छन् । परियोजनाले बैदेसिक रोजगारीमा रहेका परिवारलाई वित्तिय साक्षरता सम्बन्धी तालिम, मनोसामाजिक परामर्श र बैदेशिक रोजगारीमा जानचाहने युवायुवतीहरूलाई आधारभूत तालिम लगायतको काम गर्दै आएका छन् ।
