After header

प्रारम्भ सामाजिक संस्थाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रे / प्रारम्भ सामाजिक सस्था ललिपुरको विशेष सहयोगमा काभ्रेको पनौतीमा रहेको पनौती आधारभूत पाठशालामा स्थास्थ्य शिविर सम्पन्न भएको छ ।प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिको पहलमा उक्त विद्यालयका २ सय ९५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

सस्थाकी अध्यक्ष क्षेत्रीले शिविरका लागि अमेरिका निवासी समाजसेवी बिना बोगटीले समेत सहजीकरण गरेकी उनले जानकारी दिईन् । अमेरिका सियाटल निवासी उहाकी छोरि आयशा गिलले आफु अध्यनरत् बिद्यालयका बिद्यार्थीको पहलमा व्यक्तिगत खर्च कटाएर केहि रकम संकलन गरि औषधि व्यवस्थापनमा सहयोग गरेको उनले जानकारी दिईन् ।

हाम्रो सस्थाले सामाजिक कार्य गदै आएकोमा यस शिविरका लागि विशेष सहजिकरण अमेरिका निवासी बिना बोगटीको रहेको उनले जानकारी दिईन् । उहाकी छोरीको खाजा खर्च कटाएर यहाँ नेपालमा लगानी गर्नु भएको छ । यो आफ्नो देशको माया र हामी प्रति उहाको सद्भाव हो यो उनले भनीन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ताम्राकारले हाम्रो यस पुरानो विद्यालयललाई सम्झेर सहयोग गर्न आउनु भएको प्रारम्भ सामाजिक सस्थालाई धन्यावाद दिन्छु । प्रथम त्रैमासिक परीक्षा सकेर एक हप्ते बिदा दिनु पुर्व बिद्यार्थीको स्वास्थ्य अवस्था बारे जानकारी लिने र स्वास्थ्य उपचार गर्न तथा आवश्यक सल्लाह दिने उद्देश्यले शिविर संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले जानाकारी दिए ।

इशान बाल अस्पतालका बालरोग सर्जन डा सिरिश सिलवालको मेडिकल टिमद्वारा विद्यालयको शिशु कक्षा देखि ८ कक्षासम्मका १ सय ५६ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । २ सय ९५ बिद्यार्थीहरु मध्ये १ सय ५६ मा आँखा रोग, छालारोग, चोटपटक तथा घाऊ पाकने, पिसाव तथा किडनी सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान भएको डा सिलवालले जानकारी दिए ।

अहिले हामीले सबैलाई उपचार गर्न नसके पनि विद्यर्थीहरुको रोग पहिचान गरि हामीले औषधी दिएका छौं । अब उहाहरुको पुरै स्वास्थ्य परिक्षण गर्न हामी सित उपकरण शिविरमा उपलब्ध छैन् । हामीले उहाहरुको अभिभावकहरुलाई सबै कुरा भनेर औषधी दिएर पठाएका छौ, उनले भने ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वयमा संचालित शिविरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुसोत्तम सेढाई, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, पनौती–७ का वडा अध्यक्ष सबिन ताम्राकार, समाजसेवी जगन्नाथ गिरि, पर्यटन सूचना केन्द्रका पुरुसोतम कर्माचार्य, नेपाल पत्रकार महासंघका पुर्वअध्यक्षहरु इश्वरी ओझा, मोतीराम तिमल्सिना लगायतका विद्यालर्थी, अभिभावक एवं विद्यालयकका शिक्षक,शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस