After header

एआईजी थापाले सम्हाले उपत्याकाको कमान्ड

दबाब र प्रभावमा नपर्न थापाले मातहतका प्रहरीलाई दिए निर्देशन

काठामाडौ/ नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हालेका छन् । गत साउन ३० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार ५ जना एआईजीको सरुवामा थापाको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखमा उनीले आज शनिबार उपत्यकाको कमान्ड सम्हालेका छन् । पदभार सम्हादै एआईजी थापाले आफ्नो मातहतका प्रहरीहरुलाई दवाव र प्रभावमा नपर्न निर्देशन दिएका छन् ।

उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी उपत्यकको शान्तिसुरक्षा कायम गर्ने सबैको साथ र सहयोगले मात्रै सम्भव हुने बताउदै यसकार्यका लागि प्रहरी सधैव अग्रस हुन समेत उनले आग्रह गरे । प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु प्रमुख प्राथमिकताक राखेर आफुले काम गर्ने बताएका छन् ।

राजनीतिक दबाबका कारण अपराधीले उन्मुक्ति पाउनु हुदैन’ भन्दै प्रहरी अधिकृत दबाबमा प¥यो भने सुरक्षा अवस्था माथि खल्ल आउने भएकोले आफुले त्यस्तो हुन नदिने बताए । यो काठमाडौ शहर हो, यहाँ कुन बेला के हुन्छ थाहा हुन् त्यसैले यसलाई मध्येनजर गदै सबै युनिटका प्रहरीहरुले ईमान्दार भई आफ्नो कामकाज गर्न समेत एआईजी थापाले प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

राजनीतिक दबाबलाई म दबाबको रुपमा लिन्न’, उनले भने, ‘दबाबलाई आग्रहको रुपमा लिएर कानुनले निर्देशित गरे बमोजिम नै आफ्नो काम अगाडि बढाउने छु ।’ उनले दण्डहिनताको अन्त्यको लागि आफूले कसैसँग सम्झौता नगर्ने समेत उनले प्रतिवद्धता जनाए ।

एक पटक पढ्नुहोस