चितवन । मुख धुने क्रममा त्रिशुली नदीमा गएका दुई जना बेपत्ता भएका छन । तपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्। वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका बताइन्छ । हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।
