पनौती ।
लायन्स क्लब अफ पनौति, लायन्स क्लब अफ काभ्रे मल्पि तथा लायन्स क्लब अफ काभ्रे फुल्चोकि को सम्युक्त आयोजनामा भएको आखा शिविरबाट भण्डै चारसय लाभान्वित भएका छन् ।
लाइन्स क्लवका सचिव हरिशरण कार्कीका अनुसार रेयुकाइ इका मासुनाग आखा अस्पतालको प्राविधिक सहयोग एवम् पुण्य मा बि र पनौति नगरपालिका सगको सहकार्यमा भाद्र २२ गते आयोजित निशुल्क आखा शिविरमा ३ सय ८८ जनाको उपचार गरिएको थियो । शिविर पनौति –७ पुण्य मा बि मा सन्चालन गरिएको थियो । जस मध्ये ६ जना आखाका बिरामिलाइ मोतिविन्दु पहिचान भएको थियो । उनिहरुलाई अप्रेसनको लागि यहि भाद्र २५ गते बिहान ८ बजे पुण्य मा बि को प्राङणमा भै भेला गराइ थप उपचारको लागि रेयुकाइ आखा अस्पताल बनेपा पठाइने ब्यहोरा लायन्स क्लब अफ पनौतिका अध्यक्ष रजेन्द्र पसछेले जानकारी दिए ।
