After header

राजकीय सम्मान सहित नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार)

काठामाडौ/ आज मंगलबार बसेको एमाले सचिवालयको बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे हुने निर्णय गरेको छ ।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय समेत गरेको छ । एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् । १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन्।

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। नेम्वाङका २ छोरी र २ छोरा छन्। छोरीहरू भने काठमाडौंमा नै छन्।

एक पटक पढ्नुहोस