रुकुम पश्चिम । जाजरकोटमा एक सुत्केरीको ज्यान गएको छ । जाजरकोटको कुशे गाउँपालिका -७ रमाईलाकि करिब ३४ वर्षकि सुत्केरी जानुका नेपालीको ज्यान गएको हो ।
आज (बिहिवार) बिहान पाँच बजेतिर आफ्नै घरमा छोरी जन्माएकि नेपालीको उच्च रक्तश्रापका कारण मृत्यु भएको कुशे गाउँपालिकाकि उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिईन । सिंहका अनुसार घरमै सुत्केरी भएकि नेपालीको अत्यधिक रक्तश्राप बाट मृत्यु भएको हुनसक्ने बुझिएको छ ।
घरमै सुत्केरी भएकी नेपालीको साल अट्किएपछि अत्यधिक रक्तश्राव भईरहेको थियो । विहीबार विहान ५ बजे घरमै छोरीको जन्म दिएकी नेपालीको साल अट्किएर उच्च रक्तस्रावपछि मृत्यु भएको हो । जाजरकोटमा अधिकांश सुत्केरी महिलाहरुको मृत्यु हुने गरेको छ । स्वास्थ्य संस्था भन्दा घरमै सुत्केरी बढी हुने हुँदा सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।
