काभ्रे/ ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ मूल नारा सहित आज शुक्रबार ५९ औं बाल दिवस मनाईएको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ मा अवस्थित ग्रामीण पाठशालाले आज ५९ औ बाल दिवसको अवसरमा बृहत् जनचेतना र्याली सहित कार्यक्रम सम्पन्न गरेको छ ।
भकुण्डेबेशी प्रहरी चौकीका इन्चार्ज बरिष्ठ नायव निरीक्षक प्रमोद कुमार शाहको प्रमुख आतिथ्यता विद्यायको प्राङ्गणमा सम्पन्न गरेको छ । कार्यक्रममा वरिष्ठ नायव निरीक्षक शाहले बाल अधिकार र कर्तव्यका बारेमा बालबालिकालाई सचेत गराएका थिए । कुनै पनि ब्यक्तिले कुनै जघन्री कार्य वा यौनजन्य क्रियाकलाप गर्न गराउन खोज्छ भने सधैं नो भन्ने र अझै दवाव दिएमा १०० मा फोन गरि तुरुन्तै प्रहरीलाई खबर गर्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।
साथै बालबालिका माथी हुने बालदुर्व्यहार , बाल शोषण र त्यस सम्बन्धि कानुनी व्यबस्था साथै यसमा नेपाल प्रहरीको भुमिका बारेमा स्पष्ट पारेका थिए ।कार्यक्रममा बिद्यालयका प्रीन्सिपल विदुर शर्मा भण्डारीले बालदुर्व्याहार तथा बाल श्रमशोषण जस्ता जघन्य अपराध आफ्नो बिद्यालय वा कहिँकतै देखेमा आफुलाइ,अभिभावकलाई वा नेपाल प्रहरीलाइ तुरुन्त खबर गर्नुपर्ने र त्यस्ता अमानवीय कृयाको खुलेर विरोध गर्न आग्रह गरे ।
कार्यक्रममा बिद्यालयका सस्थापक प्रीन्सिपल विदुर शर्मा भण्डारी तथा शिक्षकशिक्षिका र विद्यार्थीहरुको उल्लेखनीय सहभागितामा रहेको थियो । ५९ औ. बालदिवसको अवसर बिद्यालयको प्राङ्गणबाट सुरु भइ र्याली भकुण्डे बजार परिक्रमा पछि पुन बिद्यालयमा आइ समापन भएको थियो ।
कार्यक्रममा बालबालिकाले प्रमुख अतिथी तथा अन्य प्रहरीहरुलाइ सम्मान सङ्गसङ्गै आफुले पेपरबाट निर्माण गरेका मायाको चिनो समेत प्रदान गरेका थिए । २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालबाट भने भदौ २९ मा मनाउन थालिएको हो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट बालअधिकारसम्बन्धी महासन्धी पारित भएपछि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो । त्यसअनुसार नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ मा मनाउन थालेको हो ।
